‘हाईटेन्सन लाईन’ करेन्ट लाग्दा दोरम्बामा ढुङ्गेल गम्भीर घाइते, हेलिकप्टर मार्फत काठमाडौँ लागियो

| मंसिर ४, २०८० सोमबार

A A A
A A A


०४ मंसिर, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका तल्लो ढाडेमा बाटोमा हिँड्दा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । 

 

घाइते हुनेमा पालिका वडा नं ६ तल्लो ढाडेका तोयानाथ ढुङ्गेल रहेका छन् । उनलाई सोमबार बिहान ७ ः ४५ बजे तिर ‘हाईटेन्सन लाईन’ एघार हजार भोल्टको लाईन पिन इन्सुलेटर पन्चेट भएर सिधै च्यानल पोल इस्टे तार हुँदै जमिनमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेको भनिएको छ । 

 

 

यसरी करेन्ट लागेर घाइते भएका वृद्ध उमेरका ढुङ्गेललाई उपचारको लागि कीर्तिपुर अस्पताल लागिएको छ । त्यहाँ उनको (बोन हर्ट) आइसियु वार्डमा उपचार भइरहेको छ । 

रामेछाप टाइम्स
| मंसिर ४, २०८१ मंगलबार
मिलन घिमिरे (बि क)
| कात्तिक १३, २०८१ मंगलबार