रामेछापमा जबरजस्ती करणी मुद्दामा ३ लाख जरिवाना सहित १२ वर्ष भन्दा बढी जेल सजाय फैसलापछि फरार नाबालक पक्राउ

| मंसिर ५, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

०५ मंसिर, रामेछाप । रामेछापमा जबरजस्ती करण मुद्दामा १२ वर्ष ५ महिना १७ दिन जेल सजाय र ३ लाख जरिवाना फैसला गरेका फरार प्रतिवादी पक्राउ परेका छन् ।  पक्राउ पर्नेको नाबालक रहेकाले उसको नाम भने गोप्य राखिएको छ । 

 

 

उनको नाम परिवर्तित एथ्री भनेर चिनाइएको छ । उनलाई २०७९ पुस ४ गते जिल्ला अदालत रामेछापले १२ वर्ष ५ महिना १७ दिन कैद र ३ लाख जरिवाना फैसला गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

सो फैसला पछि फरार रहेका उनलाई प्रहरी टोलीले खोजतलास गर्ने आज मंगलबार बिहान सुनपती गाउँपालिका वडा नं ४ बेथानबाट पक्राउ गरी जिल्ला अदालत रामेछापमा पेस गरिएको जिप्रका रामेछापले जनाएको हो ।