सिडिएस् रामेछापले दियो ‘सिप र औजार’

| मंसिर ६, २०८० बुधबार

Photo Credit : Sukram Ghising
A A A
A A A

०६ मंसिर, रामेछाप । सामुदायिक विकास समाज (सिडिएस्) ले युवाहरूलाई उद्यामशिल बनाउनको लागि तालिम र सामाग्री हस्तान्तरण गरेको छ । 

 

 

मङ्गलवार नयाँ व्यवसायमा युवाहरूलाई जोड्नको लागि प्राविधिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन, युवा उद्यमशीलता प्रवर्द्धन परियोजना अन्तर्गत सिलाई कटाई र कम्प्युटर तालिम लिएका सहभागीहरूलाई कम्प्युटर र सिलाइकटाई मेसिन हस्तान्तरण गरिएको सिडिएसका सुकराम घिसिङले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘नयाँ व्यवसाय सुरु गर्न (सिडिएस्) ले मन्थलीबाट मेशिन औजारहरू हस्तान्तरण गरेका हौँ’ । 

 

उनका अनुसार सिलाइ बुनाई तालिम लिएका २ जना र कम्प्युटर तालिम लिएका १ जनालाई सामाग्री हस्तान्तरण गरिएको हो । 

 

युवाहरूलाई रोजगारीमा जोड्न विभिन्न तालिम, वातावरण संरक्षण, सरसफाइ लगायतका क्षेत्रमा काम गर्दै आएको (सिडिएस) ले गएको २०७९ मंसिर चैतसम्म खाँडादेवी गाउँपालिका वडा नं ५ गोगनपानीमा, २०८० वैशाखदेखि असार सम्म खाँडादेवी वडा नं ४ पकरबासमा र सोही पालिकाको वडा नं ६ माकादुममा वैशाखदेखि असारसम्म सिलाई कटाई र कम्प्युटर तालिम संचालन गरेको थियो ।