मन्थली नगरपालिकाले आधारभूत तहको ‘शिक्षक सेवा आयोग तयारी कक्षा’ संचालन गराउने

| मंसिर ६, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

०६ मंसिर, रामेछाप । मन्थली नगरपालिकाले आधारभूत तह  (१–५) को शिक्षक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । यो जनाकारी नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै दिएको हो । 

 

चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार रकम नै विनियोजन गरेर नगरपालिकाले नगरभित्रका बढीमा ५० जनालाई आधारभूत तहको पाठ्यक्रममा आधारित रही ‘शिक्षक सेवा आयोग तयारी कक्षा’ संचालन गर्न लागेको नगरपालिकाले जनाएको हो । 

 

विगतका वर्षहरूमा पनि नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा संचालन गरेको थियो । यो आवमा भने नगरले बजेट विनियोजन गरेर नगरभित्रका कक्षा १० वा १२ सम्म पढेकाहरूलाई शिक्षक सेवा आयोगको तालिम दिन लागेको हो । 

 

 

आयोगले संचालन गर्ने यो कक्षमा नगर भित्रका दलित, जनजाति, महिला र अपाङ्ग भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने भनेको छ । 

 

हेर्नुहोस् सूचना ।