नेपाली काँग्रेस सुनारपानीका उपसभापति जयराम कार्कीको निधन

| मंसिर ६, २०८० बुधबार

A A A
A A A

०६ मंसिर, रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं ५ सुनारपानी वडा कार्यसमिति पार्टी उपसभापति जयराम कार्कीको निधन भएको छ । 

 

उनको गए राति काठमाडौँको केएम्सी अस्पतालमा ३ ः ३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । ७९ वर्षीय कार्की विभिन्न सङ्घसंस्थामा पनि आबद्ध थिए । 

 

नेपाली काँग्रेसका अग्रज नेता कार्की सुनारपानीका अग्रज, पथप्रदर्शकको रूपमा चिनिन्थे । 

 

उनको निधनमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य समेत रहेका सुनारपानीना युवा नेता एवं श्री कार्की संरक्षण तथा विकास समाज सुनारपानीका अध्यक्ष सुमन्त कुमार कार्की दुःख व्यक्त गरेका छन् ।