रामेछापमा यात्रुसँग ३० रुपैयाँ बढी भाडा लिने बसलाई एक हजार जरिवाना, बढी भाडा फिर्ता

| मंसिर ६, २०८० बुधबार

A A A
A A A

०६ मंसिर, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले यात्रुसँग ३० रुपैयाँ बढी भाडा लिने बसलाई नियन्त्रणमा लिएर बढी भाडा फिर्ता गराएको छ । भने, बढी भाडा असुल्ने बसलाई एक हजार रुपैयाँ जरिवाना तिराइएको छ ।  

 

बुधवार आज जिल्लाकै गाल्पाबाट मन्थली आएको बा २ ख ६९४१ नम्बरको भाडाको बसले एक जना यात्रुसँग रु ७० रुपैयाँ भाडा लिनु पर्नेमा रु १०० रुपैयाँ लिएको पाइएको थियो । 

 

ती यात्रुले आफूसँग १०० रुपैयाँ भाडा लिएको ट्राफिक कार्यालयमा गुनासो गरेकाले उक्त बसलाई नियन्त्रणमा लिएर  भाडा दर हेर्दा ३० रुपैयाँ बढी लिएको पाइएपछि बढी असुलेको ३० रुपैयाँ भाडा फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईले जानकारी दिए । 

 

यसरी बढी भाडा असुल्ने बसलाई एक हजार जरिवाना तिराइएर छाडिएको ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख चौलागाईले रामेछाप टाइम्सलाई बताए । 

 

जरिवाना गरिएको बिल हेर्नुहोस्