श्रीमान् जीवितै हुँदा ‘एकल भत्ता’ खाने मन्थली-३ की निर्माला खत्री र वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दार्ता

| मंसिर ८, २०८० शुक्रबार

A A A
A A A

०८ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिकामा श्रीमान् जीवितै छदै एकल महिला भनी ‘एकल भत्ता’ खाने श्रीमती र भत्ता खाने कागज बनाउन भूमिका खेल्ने सचिव विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग आयोगले शुक्रवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ति मार्फत जानकारी दिए । 

 

उनका अनुसार तत्कालीन मन्थली नगरपालिका वडा नं ३ कठजोरका वडा सचिव शिवकुमार महत्तो र एकल महिला भत्ता खान कागज तयार पार्ने निर्मला खत्री विरुद्ध मुद्दा दायर गरिएको हो ।

 

अख्तियारले दायर गरेको रिटमा ‘मिलेमतोमा खत्रीको जीवित श्रीमान्‌को मृत्यु भएको भनी निर्मला खत्रीबाट सूचना लिई बदनियत पूर्वक आधिकारिकता कुनै छानबिन नगरी, कानुन बमोजिम कागजातहरू समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाउन, मृत्युको सूचना फारम भरी जीवित व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखित तयार गरी, मृत्यु दर्ता अभिलेख तयार पारी एकल महिला परिचय पत्र बनाई रु ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको उल्लेख छ । 

 

केही समय अगाडि ज्युँदै श्रीमानको भत्ता खाएको भन्दै समाचारहरू सार्वजनिक भएको थियो । 

 

आरोपी सचिव महतो र खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि भएको ठहर गर्दै सोही बमोजिम  कैद सजाय र बिगो असुल उपर हुनु पर्ने माग गरिएको छ । 

 

पत्र हेर्नुहोस्