अनेरास्ववियु बागमती प्रदेश कमिटीमा रामेछापबाट ३ जना सर्व सहमत

| मंसिर १०, २०८० आइतबार

A A A
A A A

१० मंसिर, रामेछाप । नेकपा एमालेको विद्यार्थी संगठन (अनेरास्ववियु) बागमती प्रदेश कमिटीमा रामेछापबाट ३ जना सर्व सहमतिले निर्वाचित भएका छन् । अनेरास्ववियुको प्रथम अधिवेशन शनिवार हेटौडामा सम्पन्न भएको हो । 

 

जसमा रामेछाप जिल्लाको प्रतिनिधित्व गर्दै सह–सचिवमा पबन तामाङ सहित मनोज आले मगर र हिमाल बोहोरा सर्वसम्मत निर्वाचित भएको (स्ववियु) मन्थली क्याम्पस समितिका सचिव एवं अनेरास्ववियुका नेता सुशील थापाले जानकारी दिए । 

 

शनिवार सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत रूपमा लालबहादुर बुढाथोकी नेतृत्वमा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेको अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिए । 

उनका अनुसार उपाध्यक्षमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी चयन भएका छन् । 

 

त्यस्तै सचिवमा प्रकाश कलाखेती, उपसचिवमा प्रशान्त जंग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका हुन् । भने, कोषाध्यक्ष अमृत थापा, कार्यालय सचिवमा लक्ष्मण सिलवाल  चयन भएका हुन् ।