रामेछाप ट्राफिक प्रहरी विद्यालय-विद्यालय पुगेर ट्राफिक सचेतना दिँदै

| मंसिर ११, २०८० सोमबार

A A A
A A A

११ मंसिर, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले विद्यार्थीहरूलाई ट्राफिक सचेतना दिएको छ । 

 

आइतबार सदरमुकाम मन्थली स्थित करकला देवी ईङलिस  बोर्डिङ स्कुल (केब्स) पब १०० जना विद्यार्थीलाई २ घण्टा ट्राफिक नियम सम्बन्धी सचेतना दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार पैदल यात्रीहरूले बाटो काट्दाको अवस्था, यात्रुहरूले गर्नु पर्ने सावधानी, सवारी चालकले सवारी चलाउँदाको अवस्थाका विषयमा सचेतना गराइएको हो । , 

 

उनका अनुसार ट्राफिक प्रहरीले अव निरन्तर विद्यालय स्तरमा पुगेर सचेतना गराउँदै छ । जसमा सोमबार आज मन्थलीकै नागकन्या माविमा कार्यक्रम रहेको बताए ।  सचेतना कार्यक्रमलाई आफूहरुले निरन्तरता दिने योजना रहेको उनको भनाई छ ।