रामेछाप प्रिती घर भएकी सरस्वती रसाइलीसहित २ किशोरी कोटेश्वरबाट १६ दिने देखि बेपत्ता, खोज्न सहयोग गर्न अपिल !

| मंसिर ११, २०८० सोमबार

१७ दिन देखि बेपत्ता सरस्वती र सलिना ।
A A A
A A A

११ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रिती घर भएकी किशोरी सहित २ जना १६ दिन देखि काठमाडौँको कोटेश्वरबाट बेपत्ता भएका छन् । उनीहरू कात्तिक २७ गते तिहारको देउसीको रमाइलो हेर्न भनी घरबाट निर्सकिएपछि सोमबार (मंसिर ११ गते) सम्म परिवारको सम्पर्कमा नआएको हुन् । 

 

उमाकुण्ड घर भएर काठमाडौँ युरो स्कुलको कक्षा ९ मा अध्ययनरत १५ वर्षीय सरस्वती रसाइली र सोलु खुम्बुको दुधकोशी नगरपालिका वडा नं १ थुलुङ घर भएकी १८ वर्षीय सलिना राई १६ दिन देखि बेपत्ता भएको सरस्वतीका आमा शान्ति रसाइलीले रामेछाप टाइम्सलाई जानकारी दिइन् । सलिना कलेज पढ्ने किशोरी हुन् । 

 

‘देउसीको रमाइलो हेर्न भनेर मिल्ने साथी सलिनासंग गएदेखि दुवै जना हराए । हामीले प्रहरीलाई पनि जानकारी गरायौँ । तर, हाल सम्म भेटिएका छैनन्’ शान्तिले गुनासो गर्दै भनिन् । 

 

शान्तिको परिवार विगत १७ वर्षदेखि काठमाडौँ बस्दै आएका हुन् । उनीहरू हाल बुढानीलकण्ठ नगरपालिका गणेश चोक बस्दै आएका छन् । खोजी गर्दै जाँदा केही मानिसहरूले कोटेश्वर आसपास उनीहरूलाई एक होटेलमा देखेको बताए पनि त्यसपछि भने पत्ता नलागेको उनका ठुलो बुबा अमर रसाइलीले बताए । 

 

दुई छोरा छोरीकी आमा शान्ति छोरी बेपत्ता भएपछि पीडामा छिन् । उनले हराएकी छोरी जो कसैले देखे पनि सम्पर्क गरिन् । 

 

उनीहरूलाई कसैले देखेमा ९८५१३२३०८५, ९७३३८८९८९९,९८४९२१४६६७ र ९८४३३२८९७३ र नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अपिल गरिएको छ । साथै 

 

 

हराएकी सरस्वती पनि कतै लुगेको भए सम्पर्कमा आउन परिवारको गुहार छ ।