शनिवार मन्थली नगरपालिकाले १० औँ स्थापना दिवस मनाउने

| मंसिर १४, २०८० बिहिबार

फाइल फोटो ।
A A A
A A A

१४ मंसिर, रामेछाप । आउँदो शनिवार मन्थली नगरपालिकाले दशौं स्थापना दिवस मनाउने भएको छ । त्यसको लागि नगरले वडाहरूलाई समेत आग्रह गरेको छ । 

 

 

बुधवार एक पत्र जारी गर्दै १४ वटै वडा कार्यालयहरूलाई वडा अध्यक्षको अगुवाइमा नगर क्षेत्र भित्रका मुख्य बजार र कार्यालय परिसर सहितको सरसफाइ गर्न र साँझ ५ बजे कार्यालयमा दीपावली गर्न आग्रह गरिएको छ। 

 

 

स्थापना दिवसको दिन नगर प्रमुख लव श्रेष्ठले यहाँका  अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि राखिएको वरिष्ठ शाखा अधिकृत दीपक सुवेदीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

 

 

नगरमा अहिले १६ दिनै लैङ्गिक हिंसा विरुद्धको दिवस अन्तर्गतका सचेतना मूलक कार्यक्रमहरू जारी छ । १४ वटै वडामा गरिने ती कार्यक्रम स्थापना दिवसको अवसरमा दुई दिने रोकेर दिवस मनाउने नगरको तयारी रहेको नगरका एक कर्मचारीले बताए । 

 

स्थापना दिवसलाई भव्य बनाउन नगरले तयारी थालेको ती कर्मचारीको भनाई छ ।