जबर्जस्ति करणी गरेको आरोपमा राकाथुमका माझी पक्राउ

| जेठ ३०, २०७८ आइतबार

संकेतिक फोटो
A A A
A A A

३० जेठ, रामेछाप । महिलालाई जबरजस्ति करणी गरेको आरोपमा खांडादेवी गाउँपालिकाका एक पुरुष पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा राकाथुक स्थायी घर २३ वर्षीय अनुष माझी रहेका छन् ।

 

 

उनले गत शुक्रबार राति ललितपुर महानगरपालिका २८ धापाखेलमा बस्दै आएकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

 

माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीको टोलीले माझीलाई पक्राउ गरेको हो ।

 

घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।