रामेछाप ट्राफिकले १०० रुपैयाँ बढी भाडा लिने सुमोलाई एक हजार जरिवाना तिरायो

| मंसिर १४, २०८० बिहिबार

A A A
A A A

१४ मंसिर, रामेछाप । जिल्ला ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने यात्रु बाहक टाटा सुमोलाई कारबाही गरेको छ ।

 

गोकुलगंगा गाउँपालिका ४ बेतालीबाट काठमाडौँ हिँडेको सुमोले यात्रुसँग १०० सय रुपैयाँ बढी भाडा लिएको पाइएपछि ट्राफिक प्रहरीले कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

 

 

ज १ ज ३५० नम्बरको भाडाको सुमोले एक जना यात्रुसँग बेतालीबाट खुर्कोट सम्मको भाडा तोकिएको भाडादर भन्दा एक सय बढी लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दीपक चौलागाईले बताए । ‘१०० रुपैयाँ बढी लिएको भनी हामीलाई जानकारी गराउनु भयो । अनुसन्धानमा लिएको पाइयो ।’

 

 

यसरी बढी भाडा लिने सुमोलाई एक हजार रुपैयाँ जरिवाना लिएर छाडिएको ट्राफिक प्रहरी चौलागाईको भनाई छ । पछिल्लो समय ट्राफिक रामेछापले बढी भाडा लिने सवारीलाई ठाउँको ठाउँक कारबहाी गर्न लागेको छ । यस अगाडि ३० रुपैयाँ बढी भाडा लिने बसलाई पनि एक हजार जरिवाना गरेको थियो ।