श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ

| जेठ ३०, २०७८ आइतबार

संकेतिक फोटो
A A A
A A A

 ३० जेठ, रौतहट । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका  ४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 


उनीहरुबिच घरायसी झै–झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुरबार खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

 

घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । 

 


घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।