मन्थली नगरपालिकाले २१ जना अपाङ्गताहरूलाई ‘न्यानो कपडा’ र सचेतना दियो

| मंसिर १८, २०८० सोमबार

तस्बिर स्रोत बद्री नयाँघरे ।
A A A
A A A

१८ मंसिर, रामेछाप । मन्थली नगरपालिकाले शारीरिक रूपमा अशक्त एवं फरक क्षमता (अपाङ्गता) भएकाहरूलाई न्यानो कपडा ब्ल्याङ्केट प्रदान गरेको छ । साथै उनीहरूलाई अपाङ्गता सम्बन्धी सचेतीकरण समेत गराएको छ । 

 

१४ वटा वडा रहेको यस नगरपालिकाले आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर वडा नं १२ गेलुमा नगर भरिका २१ जना अशक्त, अपाङ्गताहरूलाई जाडोमा न्यानो होस् भन्ने उद्देश्यले न्यानो कपडा प्रदान गरेको हो । नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले उनीहरूलाई न्यानो कपडा प्रदान गरेकी गरिन् । 

 

अपाङ्ग सचेतन सेवा केन्द्र जिल्ला कार्यसमिति रामेछापको सहकार्यमा गेलुमा भएको कार्यक्रममा ‘क’, ‘ख’ र ‘ग’ वर्गका अपाङ्गताहरूलाई १–१ थान ब्ल्याङ्केट प्रदान गरिएको हो । 

 

 

न्यानो कपडा वितरण गर्दै उपप्रमुख बस्नेतले आगामी दिनमा पनि नगरले राज्यको नीति र विधिभित्र रहेर अपाङ्गता भएकाहरूको सवालमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बचन दिइन् । ‘त्यसको लागि नगर तयार छ तपाईँहरू नआत्तिनुस् । हामी तपाईँहरूको सहजताको लागि काम गर्दै छौँ ।’  

 

त्यस्तै अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका अध्यक्ष बद्री नयाँघरेले शारीरिक अपाङ्गता भएकाहरूलाई सचेतना गर्दै उनीहरूको हक, हित, अधिकार र कानुनी व्यवस्थाको बारेमा सचेत गराएका थिए । 

 

१६ दिने महिला हिंसा विरुद्धको अभियान समेत जारी रहेको अवस्थामा सबैले हिंसा न्यूनीकरण गर्न भूमिका खेल्नु पर्नेमा जोड् दिँदै शारीरिक अपाङ्गताकै आधारमा हुने हिंसालाई नि अन्त्य गर्न लाग्नु पर्नेमा प्रतिबद्धता समेत जनाइएको थियो । 

 

केही दिन यता नगरले नगर भित्रका शारीरिक अपाङ्गता भएकाहरूलाई आवश्यक सामाग्री, लौरो, ह्वलचिएर जस्ता सामाग्री पनि दिँदै आएको छ ।