सुनापतिमा भोलिदेखि ‘पाँचौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता

| मंसिर २२, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

२२ मंसिर, रामेछाप । सुनापतिमा भोलि देखि ‘पाँचौँ सुनापति राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने भएको छ । त्यसको लागि तयारी सकिएको पालिकाले जनाएको छ । 

 

 

सुनापति गाउँपालिकाको प्रायोजकमा खेलकुद विकास समिति सुनापति गाउँपालिकाको आयोजना र शिक्षा समिति सुनापति गाउँपालिकाको व्यवस्थापनमा भोलि शनिवार देखी आउँदो सोमबार सम्म पालिका स्तरीय रनिङ शिल्ड गर्न लागेको खेलकुद विकास समितिले जनाएको हो । 

 

पालिकाको खेल मैदान हिलेदेवी–३ को साँदी डाँडामा लेखाइने खेलमा भलिबल, कबड्डी, एथलेटिक्स र स्काउट मार्च पास प्रतियोगिता पनि गराइने छ ।