रामेछापको दोरम्बा शेलुङ्की युवतीलाई करणी गरी एक महिनादेखि फरार सिन्धुलीका पुरुष पक्राउ

| मंसिर २२, २०८० शुक्रबार

A A A
A A A

२२ मंसिर, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाकी युवतीलाई जबरजस्ती करणी गरी १ महिना देखि फरार सिन्धुलीका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ घर भई हाल रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुक स्थित लुबुघाटमा बस्दै आएका ३० वर्षीय पेमा मोक्तान हुन् । 

 

लुबुघाटमा मासु पसल सञ्चालन गर्दै आएका मोक्तानले ती युवतीलाई करणी गरेर फरार थिए । उनी गत बुधवार पक्राउ परेका हुन् । 

 

मोक्तानले गत असोज १ गते ती युवतीलाई महादेवको दर्शन गर्न गएको बेला दोरम्बा शैलुङको वडा नं १ स्थित अर्चले बजार नजिकै रहेको च्यान डाँडाको पार्टी घर भित्र लगी जबरजस्ती करण गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

 

त्यसपछि फरार रहेका मोक्तानलाई प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौँ चन्द्रगिरी नगरपालिका वडा नं ५ स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी जिप्रका रामेछाप ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी  रञ्जन कुमार गिरी जानकारी दिए ।