राष्ट्रिय युवा संघले तोक्यो रामेछापको जिल्ला इन्चार्ज सहित सबै पालिका इन्चार्जहरू

२२ मंसिर, रामेछाप । राष्ट्रिय युवा संघ नेपाल (युवासंघ) रामेछापको इन्चार्जमा राजकुमार खड्काले जिम्मेवारी पाएका छन् । शुक्रवार बसेको संघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले खडकालाई जिल्ला इन्चार्ज तोकिएको युवा संघ रामेछापका जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरूलाई जिल्लाको पालिका इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै यस अगाडि रामेछाप युवा संघ रामेछापको जिल्ला अध्यक्ष रहेका गणेश बज्र लामालाई शिक्षा विभागको जिम्मेवारी दिइएको छ ।
त्यस्तै सोनु रोक्कालाई नेतृत्व विकास विभाग उप–प्रमुखको जिम्मेवारीमा तोकिएको छ । लेखा आयोग सदस्यहरूमा विनोद खडका र राजकुमार मैनाली तोकिएका छन् । भने, अनुशासन आयोग सदस्यमा राकेश घिसिङ र राज मैनाली चयन भए ।
राम कुमार खडकालाई निर्वाचन आयोग सदस्यमा चयन गरिएको छ । स्थायी कमिटी सदस्यमा अमित कार्की चयन भएका छन् ।
संघले मधेस प्रदेश कमान्डर एवं प्रशिक्षण अभियान प्रमुखमा कृष्णहरि केसीलाई जिम्मेवारी सुम्पिएको छ । संगठन निर्माण तथा रूपान्तरण अभियान सचिव एवं संगठन विभाग प्रमुखमा जय गुरुङलाई अधिकार दिइएको छ ।