रामेछापको लामा गाउँका ४० घरपरिवारलाई खाध्यन्न र नगरलाई स्वास्थ्य सामाग्री सहयोग

| जेठ ३०, २०७८ आइतबार

फोटो कुमारी हायुको फेस्बुकबाट प्राप्त
A A A
A A A

३० जेठ, रामेछाप । रामेछाप नगरपालिका वडा नं-८ का कोरोना महामरीको चपेटामा परेका ४० घरपरिवारलाई खाध्यन्न सहयोग गरिएको छ । सोही वडाका वडा अध्यक्ष केदार कार्की र नेपाली काङ्ग्रेस प्रदेश 'क' का प्रत्यासी उम्मेरदवार रत्न कार्कीको सकृयतामा खाध्यन्न सहयोग प्रदान गरेको कांग्रेसकी नेतृ कुमारी हायुले जानकारी दिइन् ।

 

उनका अनुसार प्रयास नेपालको आर्थिक सहयोगमा वडा नं लामागाउँका ४० घरपरिवारलाई खाध्यन्न सहयोग गरिएको हो ।  विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) कारण सो गाउँ १० दिनको लागि शिल गरिएको थियो । त्यहाँ ६० जनाको पिसिआर परिक्षण गर्दा ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । 


दैनिक मजदुरी गरि जीविको पार्जन गर्दै आएका स्थानीयहरु कोरोनाको चपेटामा परेपछि दैनिकी गुजारा गर्न समस्या भैहरको परिस्थितिलाई ध्यानमा राख्दै वडा अध्यक्ष कार्की र कांग्रेसका नेता कार्कीको पहलमा खाध्यन्न राहात प्रदान गरिएको हो ।

 

आइतबार ४० घरपरिवारलाई प्रतिघर एक एक बोरा चामल, ५र५ के।जि। गेडागुडी, एक(एक लिटर खाने तेल, एक-एक क्रेट अण्डा वितरण गरिएको उनले बताइन् ।

 

त्यस्तै प्रयास नेपाल समूहले रामेछाप नगरपालिकालाई ९ हजार पिस् मास्क, १२ थान अक्सिमिटर, १२ थान थर्मलगन, ६० लिटर सेनिटाइजर, ४० लिटर डिस्इन्फेक्सन र पिपिई सेट २० थान सहयोग गरेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले रामेछाप टाइम्सलाई जानकारी दिए । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार