‘जेसिज’ रामेछापको अध्यक्षमा सन्तोष खत्री, महासचिवमा यादव केसी

| मंसिर २३, २०८० शनिबार

तस्बिर स्रोत जेसिज रामेछाप सचिवालय ।
A A A
A A A

२३ मंसिर, रामेछाप । रामेछाप (जेसीज) २०२४ को अध्यक्षमा सन्तोष खत्री सर्व सहमतिले निर्वाचित भएका छन् । हिजो शुक्रवार सदरमुकाम मन्थलीमा भएको बोर्डको १० औ साधारण सभा तथा नौ (९) औँ शाखा अधिवेशनले खत्रीलाई सर्व सहमतिबाट ‘२०२४ वर्षको लागि अध्यक्ष पदमा निर्वाचित गएको हो । 

 

प्रत्येक वर्ष हुँदै आएको जेसिजको यो अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा कुमार श्रेष्ठ र संगीता श्रेष्ठलाई चयन गरेको छ । 

 

त्यस्तै कानुनी सल्लाहकारमा बिमल पौडेल र महासचिवमा यादव केसीलाई जिम्मेवारी दिइएको छ । भने, कोषाध्यक्षमा भरत श्रेष्ठ, सह–सचिवमा राजन कुमार कार्की, कोषाध्यक्षमा विनोद रोका चयन भएका छन् । 

 

त्यस्तै उपाध्यक्षमा मनीषा काफ्ले, सरल घिमिरे, ईश्वर अधिकारी र अमन बुढाथोकी सर्व सहमतिले निर्वाचित भएका छन् । सो जिल्ला अधिवेशनमा जेसिजका राष्ट्रिय स्तरका जेसिजहरुको समेत उपस्थिति रहेको थियो ।