खाँडादेवीमा छैटौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रयागेश्वर माविले जित्यो

| मंसिर २३, २०८० शनिबार

A A A
A A A

२३ मंसिर, रामेछाप । रामेछापको खॉंडादेवी गाउँपालिका स्तरीय ‘छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८०’ को उपाधि श्री प्रयागेश्वर मावि पकरबासले जितेको छ । ७ स्वर्ण, ४ रजत र २ कांस्य सहित कूल १३ पदक जितेर प्रयागेश्वर प्रथम बनेको हो । 

 

प्रतियोगितामा भीमेश्वर प्रसून कँडेल मावि रजगाउँ १२ पदक जित्दै द्वितीय भएको छ । उसले ४ स्वर्ण, ७ रजत र १ कांस्य पदक जितेको छ । त्यस्तै बुद्ध भवानी मावि माकादुम ६ पदक सहित तेस्रो भएको छ । ३ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको बुद्ध भवानी तेस्रो भएको हो । 

 

तीन दिन सम्म चलेको रनिङ शिल्डमा भलिबल, ज्याबलिङ थ्रो, सटपुट, १००, २०० मिटर दौड र ४ मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपल जम्प, कबड्डी, तेक्वान्दो लगायतका खेलहरू खेलाइएको गाउँपालिकाले जनाएको छ । 

 

विजयी खेलाडीलाई गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले, शिल्ड, मेडल र प्रमाणपत्र वितरण प्रदान गरेका थिए ।