खाँडादेवीमा एमाले र काँग्रेससहित विभिन्न पार्टी परित्याग गर्दै २ दर्जन बढी माओवादी प्रवेश

२३ मंसिर, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । प्रवेश कार्यक्रम काठमाडौँमा भएको हो ।
शनिवार ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम वडा पार्टी कमिटीको आयोजना काठमाडौँमा भएको एको कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा (माले) पार्टी परित्याग गर्दै दुई दर्जन बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी रामेछापका नेता विष्णु श्रेष्ठले जानकारी दिए ।
उनीहरूलाई नेकपा माओवादी केन्द्रीय सदस्य एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका युवराज दुलालले पार्टीमा स्वागत एवं प्रवेश गराएका हुन् ।
तस्बिर स्रोत बिष्णु श्रेष्ठ ।