रामेछापको खिम्ती खोलामा एक जना वृद्धा मृत भेटिए

| मंसिर २४, २०८० आइतबार

शव भेटिएको स्थलमा अनुसन्धान गर्दै प्रहरी टोली ।
A A A
A A A

२४ मंसिर, रामेछाप । रामेछापको खिम्ती खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । मृत भेटिएकाको पहिचान भई उनको परिवारलाई समेत जिम्मा लगाइएको छ । 

 

गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नलु स्थित छहरे दोभान (खिम्ती खोला) मा मृत अवस्थामा ७५ वर्षीय खड्ग बहादुर सुनुवार फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं इन्स्पेक्टर रञ्जन गिरीले रामेछाप टाइम्सलाई बताए । 

 

ती वृद्ध यही मंसिर १८ गतेदेखि परिवारकी सम्पर्क विहीन भएका थिए । उनी हिजो शनिवार दिउँसो साँढे ११ बजे भेटिएका हुन् । ‘माछा मार्ने क्रममा स्थानीयले देखेर खबर गर्नु भयो । हाम्रो टोलीले थप अनुसन्धान गरेर परिवारलाई समेत जिम्मा लगाइ सकियो ।’

 

 

मृत फेला परेका वृद्ध सुनुवारको शवलाई सोही वडाका वडा अध्यक्ष नरबिक्रम कार्की सहितको उपस्थितिमा पोस्टमार्टमको लागि मन्थली अस्पताल ल्याइएको थियो ।