प्रदेश नं १,२, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको सम्भावना सचेत हुन आग्रह

| जेठ ३१, २०७८ सोमबार

संकेतिक फोटो
A A A
A A A

३१ जेठ, रामेछाप । हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । यसैको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकि प्रदेशका एक(दुई स्थानहरुमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागको,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 


महाशाखाका अनुसार आगामी तीन दिनको मौसम देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

 

त्यस्तै सोमबार राति पनि देशका धेरै स्थानहरुमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ ।


महाशाखाले आउदो तीन दिन असार १  गते मंगलवार देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

 


त्यस्तै बुधबार देशका धेरै स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।
महाशाखाले  २४ घण्टामा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

#मौसम
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार