विद्यालयबाट घर जाँदै गरेकी किशोरीलाई जबरजस्ती गर्ने खिम्तीका कडरिया पक्राउ

| पुस ५, २०८० बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

५ पसु, रामेछाप । खिम्तीमा विद्यालयबाट घर जाँदै गरेकी किशोरीलाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती बस्ने २२ वर्षीय अम्बरबहादुर कडरिया रहेका छन् । 

 

उनले यही पुस ३ गते अन्दाजी ४ : ३० बजे खिम्तीको डल्ले चौतारा भन्ने जङ्गलको बाटो हुँदै विद्यालयबाट घर जाँदै गरेकी १७ वर्षीय ती किशोरीलाई जबरजस्ती करणी गरी फरार भएका थिए । 

 

फरार रहेका कडरियालाई सोही दिन साँझ ७ बजे पक्राउ गरी जिल्ला अदालत रामेछापबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।