रामेछापबाट गएको बसले ठक्कर दिँदा सिन्धुलीमा २ जनाको ज्यान गयो, बसमा स्थानीयले आगो लगाए

| पुस ९, २०८० सोमबार

A A A
A A A

९ पुस, रामेछाप (मन्थली) । आज सोमबार सिन्धुलीको बोहोरेटारमा रामेछापबाट गएको यात्रु वाहक -अरनिको बस) र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएपछि त्यहाँको अवस्था तनाव ग्रस्त बनेको छ । 

 

रामेछापको मन्थलीबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको पूर्व अरनिको बस र काठमाण्डौबाट खुर्कोट तर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकल बिहान ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी खोटाङको दिक्तेल नगरपालिका वडा नं १० रुपाकोट घर भएकी १८ वर्षीय मुनाकला राईको घटना स्थलमै ज्यान गराएको थियो । 

 

त्यस्तै खोटाङको तुवाचुङ नगरपालिका वडा नं २ का मोटरसाइकल चालक कुमार राईको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा ज्यान जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । 

मन्थली नगरपालिका वडा नं १३ फुलासीका २४ वर्षीय बस  चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने, दुर्घटना ग्रस्त बसमा स्थानीयले आगो लगाएका छन् । साथै बिपी राजमार्ग समेत अवरुद्ध पारेका छन् । 

तस्बिर सामाजिक संजाल ।