राप्रपा नेपाल रामेछापले मन्त्री किराँतीको अभिव्यक्तिको विरोध गर्दै जलायो पुत्ला

| पुस ९, २०८० सोमबार

A A A
A A A

९ पुस, रामेछाप । पछिल्लो समय चौतर्फी विरोध हुँदै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्तिको विरोधमा राप्रपा नेपाल रामेछापले मसाल जुलुस प्रदर्शन सहित मन्त्री किराँतीको पुत्ला दहन गरेको छ । 

 

राप्रपा नेपाल केन्द्रीयको नीति तथा निर्देशन अनुसार पार्टी जिल्ला अध्यक्ष रामचन्द्र कँडेलको निर्देशनमा जिल्ला सदस्य टेकबहादुर माझी र डम्बरबहादुर माझीको नेतृत्वमा सोमबार साँझ मन्थली १ आकाशे स्थित तामाकोशी पुल क्षेत्रमा गाइखुरादेखि राँके जुलुससहित प्रर्दशन गर्दै मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गरेको हो । साथै मन्त्री किराँतीको पुत्ला दहन गरेको पनि गरेको छ । 

 

 

साथै उनीहरूले हिन्दु राष्ट्र कायम गर्नु पर्ने, किराँतलाई बर्खास्ती गर्नु पर्ने लगायतका नारा लगाएका थिए । सो क्रममा प्रहरीले हस्ताक्षप गर्न खोजेपछि राप्रपा नेपालका कार्यकर्ताले प्रहरीसंग समेत धरपकड गरेका थिए ।