मन्थली नगरपालिकाले कक्षा ९–१२ का विद्यार्थीले भाग लिन पाउने वक्तृत्वकला प्रतियोगिता गर्ने

| पुस ११, २०८० बुधबार

वक्तृत्वकलामा बोल्दै सांकेतिक तस्बिर । फाइल ।
A A A
A A A

११ पुस, रामेछाप । जिल्ला सदरमुकाम मन्थली नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।  

 

सामुदायिक र संस्थागतका कक्षा ९–१२ का विद्यार्थीले भाग लिन पाउने गरी ‘मानव जीवनमा योगको महत्त्व’ शीर्षकमा आउँदो शुक्रवार (पसु १९) मा वक्तृत्वकला सञ्चालन गर्न लागेको नगरका विद्यालय निरीक्षक विष्णु अधिकारीले जानकारी गराए । 

 

प्रथम नगद ७ हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार सहित प्रमाणपत्र पुरस्कार समेत रहेको वक्तृत्व कलामा नगरका माद्यामिक विद्यालयबाट १ जना अनिवार्य सहभागिता गराउन पत्र मार्फत भनिएको छ । 

 

पत्र हेर्नुहोस्