रामेछापको मन्थलीमा बौलाहा कुकुरको टोकाइबाट दुई दर्जन बढी घाइते

| पुस १३, २०८० शुक्रबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१३ पुस, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नं १ मा बौलाहा कुकुरको बिगबिगी देखिएको छ ।

 

 

बौलाहा कुकुरको टोकाइबाट केही दिन यता दुई दर्जन भन्दा बढी घाइते भइसकेका छन् । अहिले टोल टोलमा बौलाहा कुकुरले टोकेर चोट लागेकाहरू छन् । बिहीबार हिजो मात्रै ९ जनालाई बौलाएको कुकुरले टोकेर घाइते बनाएपछि अस्पताल पुगेको मन्थली अस्पतालले जनाएको छ । 

 

अस्पतालका अनुसार बौलाहा कुकुरले टोकेर दैनिक ५ ६ जना उपचारको लागि पुग्ने गरेका छन् ।