रामेछाप उमाकुण्डकी संविधानसभा सदस्य चर्चित नेतृ सुनुवारकाे निधन

| पुस १४, २०८० शनिबार

A A A
A A A

१४ पुस, रामेछाप  । रामेछापकाे उमाकुण्ड घर भएकी संविधान सभा सदस्य तथा राप्रपा नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । शनिबार उनको ८१ वर्षको उमेरमा हरिसिद्धि क्यान्सर अस्पतालमा निधन भएको सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारले बताए ।


उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर निवासी सुनुवार दोस्रो संविधान सभामा सदस्य थिइन् । उनी राष्ट्रिय पन्चायतको समेत सदस्य थिइन् । पन्चायतकालकै चर्चित नेतृ सुनुवार रामेछापको राजनीतिमा जीवितमध्ये पहिलो पुस्ताकी राजनीतिज्ञ तथा समाजसेवी थिइन् ।

सुनुवार सेवा समाजको सल्लाहकार समेत रहेकी सुनुवारको आइतवार श्रद्धान्जली सभा आयोजना गरिएको अध्यक्ष सुनुवारले जानकारी दिए ।