रामेछापको मन्थली विमान स्थलसहित १९ विमानस्थलमा ‘ब्यागेज’ चेक गर्ने एक्स–रे मेसिन जडान गरिँदै

| पुस १५, २०८० आइतबार

मन्थली विमानस्थल, तस्बिर फाइल ।
A A A
A A A

१५ पुस, रामेछाप । नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली, सोलु खुम्बुको लुक्ला विमानस्थलसहित १९ आन्तरिक विमानस्थलमा एकसाथ ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ ।

 

मेसिन जडान गर्न आवश्यक सामग्रीहरू खरिद गर्ने काम भइसकेको भन्दै उनले आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

 

यो मेसिन जडानले हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायु यान कम्पनीलाई समेत सहयोग पुग्ने उनको भनाइ छ । भरतपुर, सिमरा, राजविराज तथा तुम्लिङटार विमानस्थलमा नयाँ फायर फाइटिङ भेहिकल खरिद गर्ने काम सुरु भएको समेत उनले जानकारी दिए ।