रामेछापमा दैनिक संक्रिय संक्रमित घट्दै, आज ५३ जना निकोभए

| जेठ ३१, २०७८ सोमबार

A A A
A A A

३१ जेठ, रामेछाप । रामेछाप जिल्लामा कोरोनाका संक्रिय संक्रमित दैनिक घट्दै गएका छन् । करिब एक महिना निरन्तर बढेको पोजेटिभ हुनेको संख्या जेठ ३१ गते आइपुग्दा कम भएको छ ।

 

अतः जिल्लाबाट हुदै आएको पिसिआर परिक्षण पनि घटाउदै लगिएको छ । सोमबार सम्म जिल्लाका आठवाट स्थानीय तहमा गरि २ सय ३२ जना संक्रिय संक्रमित रहेको जिल्ला अस्पताल रामेछापले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको छ । 

 

सोमबार मात्रै ५३ जना निकोभएर घर फर्किएका छन् । जिल्लामा गत बैशाख ३ गतेयता कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ जना पुगेको छ । 

 


त्यस्तै सोमबारसम्म जिल्लाका विभिन्न अस्पतालमा उपचार हुन नसकी १७ उपचारको लागि काठमाडौं लगाएतका अस्पतालमा रेफर गरिएको छ । रामेछापमा पिसिआरमा एक हजार एक सय ४२ जना र एन्टिजेन्ट विधिमार्फत गरिएको परिक्षणमा एक हजार ८ सय १५ जनामा संक्रमण पाइएको छ । कूल २ हजार ९ सय ५७ जना संक्रमित भएका हुन् ।

 

रामेछापमा एक हजार ५ सय ६७ जना निको भैसकेका छन् । भने १ सय ६८ जना होमआइसोलेसनमा र ३६ जना संस्थागत आइसोलेसनमा छन् । आज २ जनाको पिसिआर र ३८ जनाको एन्टिजेन्ट् परीक्षणमा रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ । 

 

त्यस्तै ८ जना आइसियूमा उपचाररत रहेको बताइएको छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार