मन्थली–काठमाडौँको झण्डै ‘डबल’ भाडा असुल्ने रामेछाप नगरपालिकाको शव वाहन प्रहरी कारबाहीमा

| पुस १८, २०८० बुधबार

A A A
A A A

१८ पुस, रामेछाप । रामेछाप सदरमुकाम मन्थली देखि काठमाडौँ सम्म जाँदा झण्डै डबल भाडा असुल्ने रामेछाप नगरपालिकाको शव वाहनलाई कारबाही गरिएको छ । सो शव वाहनले मन्थलीबाट काठमाडौँ पुगेको २२ हजार आठ सय बढी भाडा असुलेको छ । 

 

नगरपालिकाको बा २ झ ४४२२ नम्बरको शव वाहनले मन्थलीबाट काठमाडौँ पुगेको रु १३ हजार नौ सय भाडा लाग्नेमा २२ हजार आठ सय लिएको राजकुमार कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गुनासो गरेपछि जिल्ला ट्राफिकले नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो । 

 

उक्त शव वाहनलाई एक हजार जरिवाना गरी कार्कीबाट लिएको ८ हजार ९ सय बढी भाडा समेत फिर्ता गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख दीपक चौलागाईले जानकारी दिए । 

 

यस अगाडि पनि बढी भाडा लिने सवारीलाई नियन्त्रणमा लिएर यात्रुको पैसा फिर्ता गर्दै आएको छ ।