शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने बजेट ल्याउन अनेरास्ववियू रामेछापको आठ वटै स्थानीय तहलाई ध्यानाकर्षण (पत्रसहित)

| जेठ ३१, २०७८ सोमबार

फाइल फोटो ध्यानाकर्षण पत्र बुझ्दै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतसहित अनेरास्ववियूका कार्यकर्ता
A A A
A A A

३१ जेठ, रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामेछाप (अनेरास्ववियू) ले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउन जिल्लाका आठ वटै स्थानीय तहलाई ध्यानाकर्षण गराएको छ । संघले पत्रमार्फत ब्यवसायिक तथा प्राविधिक शिक्षा मा।वि तहदेखिनै जिल्लाका सबै विद्यालयमा लागू गर्न पनि आग्रह गरेको छ । 

 

सोमबार (आज) जिल्लाका सबै स्थानीय तहहरुलाई ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियू रामेछापले सात बुँदे माग गरेको हो ।

 

उसले कोरोना महामारीले लामो समयदेखि पठनपाठन ठप भएको हुँदा ग्रामिण क्षेत्रका विद्यार्थीहरुको जिवनै अन्धकारमय बन्न लागेको भन्दै आउदो बजेटमा निःशुल्क कोचिङ् कक्षा संचालन, महिनाको २ पटक विद्यार्थीहरुको स्वास्थ्य परीक्षण, एस् ईई परीक्षमा उत्कृष्ट ५ जना विद्यार्थीहरुलाई  प्राविधिक शिक्षा अध्यक्षनको लागि छात्रबृत्रिको ब्यवस्था, एक विद्यालय एक पुस्तिकालयको ब्यवस्था, र अपाङ्ग मैत्री कक्षा संचालन गर्ने बजेटको ब्यवस्था गर्न माग गरेको हो । 

अनेरास्ववियूले जारी गरेको ध्यानाकर्षण पत्र हेर्नुहोस्