रामेछाप सांस्कृतिक कलाकार समाज सुनापती गाउँपालिका पहिलो अधिवेशन सम्पन्न, खड्का बने अध्यक्ष

| पुस १९, २०८० बिहिबार

A A A
A A A

१९ पुस, रामेछाप । रामेछाप सांस्कृतिक कलाकार समाज सुनापती गाउँपालिकाको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । पहिलो अधिवेशनबाट सुदिप खड्का अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ । 

 

 

निवर्तमान समितिका अध्यक्ष सुमन खड्काका अनुसार समितिको उपाध्यक्ष रबिन श्रेष्ठ, नवीन खत्री, महिला उपाध्यक्षमा लमिना तामाङ चयन भएका छन् । अधिवेशन र साधारण सभा बुधबार भएको हो । 

 

 

त्यस्तै सचिवमा रामकुमार मैनाली र कोषाध्यक्षमा भीम कुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् । भने, सुजन खड्का सदस्य र  दीपक खड्का सल्लाहकारमा चयन भएका हुन् ।