मन्थली देवकोटा चोकमा मौरीले टोक्दा ५ जना घाइते

| पुस २०, २०८० शुक्रबार

मौरी रहेको रुख संकेत गरिएको । तस्बिर सामाजिक संजाल ।
A A A
A A A

२० पुस, रामेछाप । जिल्लाको व्यस्त बजार मन्थली देवकोटा चोकमै मौरी टोक्दा ५ जना घाइते भएका छन् । बिहीबार बजारका व्यापारी र पैदल यात्रुलाई मौरीले टोकेको हो । 

 

देवकोटा चोकको पिपलको बोटमा केही समय देखि बसेको मौरीले पैदल यात्रुलाई टोक्दा राज कुमार मिजार सहित ५ घाइते भएका हुन् । घाइतेहरु उपचारपछि निको भएका छन् । 

 

बजारका व्यापारी, रामेछाप सामुदायिक अस्पतालमा बिरामीको कुरुवा, डिउटीमा रहेका नगर प्रहरी र हिँड्दै गरेका बालकलाई मौरीले टोकेको हो । घाइतेहरूको रामेछाप सामुदायिक अस्पताल र दील श्री मेडिकलमा उपचार गराएका छन् । 

 

मौरीले टोकेपछि पैदल यात्रुहरू भागा भाग गरेका थिए । भने, मौरीले लखेटेरै टोकेको प्रत्यक्षदर्शीहरुले बताए । एक जनालाई ५०/६० वटै मौरीले टोक्यो प्रत्यक्ष दर्शी संचारकर्मी शर्मिला बिसुन्केले बताइन् । 

 

दिउँसो मौरीले टोकेपछि बिहीबार साझै उक्त मौरीलाई जलाइएको (निकालिएको/हटाइएको) छ । पछिल्लो समय बढ्दै गएर मान्छेलाई नै टोक्न थालेपछि मौरीलाई मह काढेर जलाइएको हो ।