कानून व्यवसायी, नेपाल बार रामेछापका पूर्व अध्यक्ष दोङको हृदय घातबाट निधन

| पुस २२, २०८० आइतबार

A A A
A A A

२२ पुस, रामेछाप । नेपाल बार रामेछापका निवर्तमान अध्यक्ष एवं कानून व्यवसायी बिचार सिं दोङ (तामाङ) को हृदय घातबाट निधन भएको छ।  

 

गए राति एक्कसी छातीमा समस्या भएर मन्थली स्थित तामाकोशी अस्पतालमा १ बजे लगिएको केही बेरमा डाक्टरले मृत घोषणा गरेको व्यवसायी हरिदेव अधिकारीले रामेछाप टाइम्सलाई बताए ।

 

 

‘साँझ सम्म ठिक हुनु हुन्थ्यो राति एक्कासि समस्या भएर अस्पताल लगिएको निधन भयो’ अधिकारीले रामेछाप टाइम्ससंग भने ।

 

लामो समय देखि कानून व्यवसायी र मानव अधिकार सञ्जालको क्षेत्रमा काम गर्दै आएका दोङको अन्दाजी ६३÷६४ वर्षको उमेरमा निधन भएको हो । 

 

उनको शव अहिले तामाकोशी अस्पताल मन्थली मै रहेको छ ।