बुधवार गोकुलगंगा गाउँपालिकाको १४ औँ गाउँ सभा

| पुस २२, २०८० आइतबार

फाइल फोटो ।
A A A
A A A

२२ पुस, रामेछाप । गोकुलगंगा गाउँपालिका यही पुस २५ गते बुधवार १४ औँ गाउँ सभा गर्ने भएको छ । गाउँ सभामा हाल सम्म भइरहेका योजनाको बारेमा जानकारी गराउने र चालु आर्थिक वर्षका योजनाको प्रगतिको बारेमा समेत छलफल हुने जनाइएको छ । 

 

पालिकाको सभा हलमा चालु  आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम, तथा बजेटको क्षेत्रगत समीक्षा, नीति, कार्यक्रम तथा बजेट संशोधन, वन विध्येक र अन्य विविध विषयमा गाउँ सभामा छलफल हुने पालिकाले जनाएको हो । 

 

 

१४ औँ गाउँ सभा गर्ने बारे एक पत्र मार्फत जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले गाउँ सभाको तयारी भइरहेको उल्लेख गरेका छन् । 

 

हेनुहोस् सूचना