मौसमः बाग्मती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशमा भारी बर्षा, सचेत हुन आग्रह

| असार १, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

०१ असार, रामेछाप । आज प्रदेश न २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन गर्दै महाशाखाले देशभरी मनसुनी वायुको प्रभाव संक्रिय रहेको जनाएको छ । 


अहिले गण्डकी, लुम्बिनी प्रदेश,  र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश न। २ को थोरै स्थानमा ममेघगर्जन,चट्टयाङ्ग सहित वर्षा भईरहेको महाशाखाले जनाएको छ। 


महाशाखाले आज (मंगलबार) देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा हाल्का देखि भारी बर्षाको सम्भावना रहेको जनाएको छ । आज रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहि गण्डकी, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको बताइएको छ । 

 


त्यस्तै भोली (बुधबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहि लुम्बिनी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ । 
त्यस्तै आउदो बिहिबार बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको मौषम विद् बरुण पौडेलले जानकारी दिए ।

 

बिहिबार राति प्रदेश न।१ र लुम्बिनी प्रदेशको एकरदई स्थानमा भारी बर्षाको सम्भावना छ ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार