भोलि मन्थली नगरको अत्यावश्यक बाहेक सबै सेवा बन्द

| पुस २४, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

२४ पुस, रामेछाप । भोलि बुधवार मन्थली नगरपालिकाबाट प्रवाह हुने सेवा बन्द हुने भएको छ । सेवा बन्द हुने नगरपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको हो । 

 

मन्थली नगरले भोलि १४ औँ नगर सभा एवं हिउँदे अधिवेशन गर्दै छ । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले एक पत्र जारी गर्दै ‘नगर सभा हुने भएकाले कार्यपालिकाको कार्यालय र अन्तरगतका वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द हुने’ जानकारी दिएका हुन् । 

 

 

१४ औँ नगर सभाको लागि नगरले पत्रकार सहित सबैलाई खबर समेत गरिसकेको छ ।  

 

सूचना हेर्नुहोस् ।