भारतीय खेलाडीलाई हराउँदै नेपाललाई ‘गोल्ड मेडल’ जिताउने रामेछाप मन्थली–२ की रुनिसालाई नगरपालिकाले गर्‍यो सम्मान

| पुस २६, २०८० बिहिबार

तस्बिर सुरेन्द्र बा. कार्की । वडा नं २ वडा अध्यक्षबा साभार ।
A A A
A A A

२६ पुस, रामेछाप । गएको मंसिर १८ गते भारती खेलाडीलाई हराउँदै नेपाललाई गोल्ड मेडल जिताउने मन्थली नगरपालिका वडा नं २ खेलाडी छात्रा रुनिसा बस्नेत सम्मानित भएकी छन् । उनलाई नगरपालिकाले सम्मान गरेको हो ।  

 

 

नगरको वडा नम्बर २ टेकानपुरकी बस्नेतले तेस्रो अन्तर्राष्ट्रिय खुल्ला  तेक्वान्दो प्रतियोगिता–२०२३ को यु–४५ समूहमा भारतीय खेलाडीलाई हराउँदै नेपाललाई गोल्ड मेडल जिताएकी थिइन् । अन्तर्राष्ट्रिय जगतमा नगरको नाम खेलको माध्यमबाट चम्काउन सफल भएको भन्दै बिहीबार १४ औँ नगर सभा एवं हिउँदे अधिवेशनको अवसरमा सम्मान पत्रले सम्मान गरेको हो । 

 

 

छात्रा बस्नेतलाई नगरप्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले संयुक्त रूपमा फूल माला लगाएर सम्मान पत्र प्रदान गरेका हुन् ।