रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आज पनि माघी पर्वको सार्वजनिक बिदा

| माघ २, २०८० मंगलबार

A A A
A A A

०२ माघ, रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आज मंगलबार पनि माघी पर्वको सार्वजनिक बिदा दिएको छ । 

 

गत पुस २९ गते बसेको बैठकको निर्णय अनुसार सो ‘पालिकामा बसोबास गर्ने मगर समुदायको माघे सङ्क्रान्तिको अवसरमा यस गाउँपालिका भर माघ १ र २ गते सार्वजनिक बिदा’ दिएको उल्लेख छ । 

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश महत्तोले जारी गरेको पत्रमा दुई दिन बिदा दिएको उल्लेख गरेका छन् । हिजो सोमबार देशभरि सार्वजनिक बिदा दिइएको थियो । तर, दोरम्बा गाउँपालिकाले थप एक दिन बिदा दिएको हो । 

 

बिदा दिएको पत्र हेर्नुहोस्