गर्भवती अवस्थामा जथाभावी औषधि सेवन गर्दा उमाकुण्डकी महिलाले जन्माइन् यस्तो अनौठो बच्चा

| माघ ८, २०८० सोमबार

A A A
A A A

८ माघ, रामेछाप । छारे रोग लागेर औषधि सेवन गरेकी उमाकुण्ड गाउँपालिकाकी महिलाले अनौठो शिशुको जन्म दिएकी छन् । उक्त बच्चाको भने निधन भएको छ । गएको शनिवार दिउँसो ३ बजे गाउँ मै २४ वर्षीय लाल माया तामाङले यौन अंग र पूरा टाउको नभएको र मुख समेत अप्राकृतिक भएको बच्चालाई जन्म दिएकी हुन् । 

 

सामान्य रूपमै जन्मिएको बच्चा त्यस्तो जन्मिएपछि उनीहरूले तत्काल जिल्ला सदरमुकाम समेत रहेको मन्थली स्थित मन्थली अस्पतालमा ल्याएको पाइएको अस्पतालका डाक्टर समीर क्षेत्रीले रामेछाप टाइम्सलाई बताए । 

 

‘उतै त्यस्तो बच्चा जन्मिएपछि ल्याउनु भएछ, हामीले केही औषधि चलायौं, नभएपछि तत्काल काठमाण्डौं रेफर गरिएकोमा बच्चाको डेथ्य भएछ’ डाक्टर समीर । 

 

डाक्टर समीरका अनुसार उक्त बच्चाको निधन भएको हो । ‘यहाँबाट पठाउँदा आमाको अवस्था ठिक थियो ।’

 

डाक्टर क्षेत्रीका अनुसार ती महिलाले गर्भवती अवस्थामा चेकजाँच समेत नगरेको र जथाभावी औषधि सेवन गर्दा त्यस्तो बच्चा जन्मिएन पुगेको बताए । 

 

डा.क्षेत्रीले गर्भवती महिलाहरूले औषधि सेवन गर्दा डाक्टरको सल्लाह गरेर मात्र गर्न आग्रह गरे ।