‘समुदायमा काँग्रेस अभियान’ बारे छलफल गर्न काँग्रेस रामेछापले आइतबार बैठक डाक्यो
कांग्रेस जिल्ला कार्यसमितिको बैठक, फाइल फोटो ।
११ माघ, रामेछाप । यही माघ १६ देखि २६ गते सम्म नेपाली काँग्रेसले देश व्यापी रूपमा गर्न लागेको ‘समुदायमा काँग्रेस अभियान’ बारे छलफल गर्न नेपाली काँग्रेस रामेछापले बैठक डाकेको छ ।
आउँदो आइतबार बिहान ११ बजे पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा जिल्ला कार्यसमिति सहित पूर्व पार्टी सभापति, केन्द्रीय महाधिवेशन प्रतिनिधि सहित मातहतका सबैको उपस्थिति हुने गरी बैठक डाकिएको पार्टी सचिव दीपक खड्काले जानकारी दिए ।
काँग्रेस रामेछापको यस अगाडि बसेको बैठकले १६ गते मङ्गलवार जिल्लाका ६४ वटै वडामा एकै पटक सञ्चालन गर्ने गरी ‘समुदायमा काँग्रेस अभियान’ चलाने निर्णय गरेको थियो । सोही बमोजिम ६४ वटै वडामा प्रतिनिधि समेत खटाइ सकेको छ ।