मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते रामेछाप खाँडादेवीकी महिलाको निधन

| माघ ११, २०८० बिहिबार

मृतक शेर्पा, तस्बिर किरण मोक्तान ।
A A A
A A A

११ माघ, रामेछाप । गएको आइतबार बिहान ‘मर्निङ वाक्’ मा हिँड्दै गर्दा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी रामेछापको खाँडादेवी गाउँपालिकाकी एक महिलाको उपचारको क्रममा निधन भएको छ ।  

 

खाँडादेवी गाउँपालिका वडा नं २ मजुवा निगलपानी घर भई हाल काठमाडौँ बस्दै आएकी २६ वर्षीय पेम्बा लकी शेर्पाको उपचारको क्रममा मंगलबार निधन भएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य किरण मोक्तानले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

शेर्पालाई गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी काठमाडौँमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा अन्नपूर्ण न्युरो हस्पिटल माइतीघरमा निधन भएको हो । 

 

उनको भोलि शुक्रवार बिहान ९ बजे नयाँबस्ती जम्बु डाँडामा दाहसंस्कार गर्ने नेता मोक्तानले बताए । उनी नेकपा एकीकृत समाजवादी खाँडादेवी गाउँपालिका कमिटी सदस्य जयराम मोक्तानी बुहारी हुन् ।