मन्थली क्याम्पसको सञ्चालक समिति अध्यक्षमा घिमिरे र सुवेदीको प्रतिस्पर्धा, मतदान जारी (तस्विरहरु)
१४ माघ, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समिति चुन्न मतदान सुरु भएको छ । क्याम्पसको मानविकी संख्या भवनमा बिहान १० ः ३५ देखि मतदान सुरु भएको हो । निर्वाचन समितिको संयोजक एवं मन्थली क्याम्पसकी सहायक क्याम्पस प्रमुख रीता दाहालले रामेछाप टाइम्सलाई बताइन् ।
बिहान ११ ः १० बजे सम्म ३४ मत खसेको छ ।
क्याम्पस सञ्चालक समिति पदको लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरी उम्मेदवार उठाएका छन् । भने, नेकपा एमालेले एकलै उम्मेदवार खडा गरेको छ ।
गठबन्धनबाट पूर्व शिक्षक नवराज घिमिरेको नेतृत्वमा रामचन्द्र अधिकारी, नवीन केसी, दीपक राज प्रसाईँ र युवराज सुवेदी उम्मेदवार बनेका छन् ।
त्यस्तै नेकपा एमालेको तर्फबाट युवा उम्मेदवार उज्वल सुवेदीको नेतृत्वमा रमेश कुमार उदाश र शान्ता सुवेदी (न्यौपाने) उम्मेदवार बनेका छन् ।
एक अध्यक्ष र एक महिला सदस्य सहित ६ जना निर्वाचित हुने छन् । जसको लागि क्याम्पसका आजीवन सहित १२२ जना सदस्यले मतदान गर्ने छन् ।
६ पदको लागि यस अगाडि १२ जनाले उम्मेदवारी दर्ता गरेको भए पनि गङ्गादेवी, कार्की सुरेन्द्र बहादुर कार्की र हरिवंश कडरिया उम्मेद्वरी फिर्ता लिएको निर्वाचन समितिले जनाएको हो ।
जिल्ला भित्रका ९ वटा क्याम्पस कै तुलनामा सदरमुकाम मन्थली स्थित ‘मन्थली क्याम्पस’ को नेतृत्वको लिन राजनीतिक दलहरू रस्साकस्सी सहित चुनावी मैदानमा रहेका छन् ।
यस अगाडि रामचन्द्र घिमिरे (वियोगी) नेतृत्वमा सञ्चालक समिति रहेको थियो ।
मतदान जारी हेर्नुहोस् तस्बिरमा । तस्बिर मिलन घिमिरे (बि.क)/रामेछाप टाइम्स।
गठबन्धन तर्फका अध्यक्षका उम्मेद्वार नवराज घिमिरे
नेकपा एमालेका उम्मेद्वार उज्वल सुवेदी