मन्थली क्याम्पसमा व्यवस्थापन समितिको चुनाव लाग्यो, नेतृत्व लिन दलहरू बिच रस्साकस्सी सुरु

| माघ १२, २०८० शुक्रबार

A A A
A A A

१२ माघ, रामेछाप । जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले भोलि शनिवार तेस्रो क्याम्पस सभा तथा व्यवस्थापन/ संचालक समितिको अधिवेशन गर्ने भएको छ । योसँगै मन्थली क्याम्पसको नेतृत्वका लागि राजनीतिक दलहरू बिच रस्साकस्सी सुरु भएको छ । जिल्लाकै राजधानी मानिने मन्थली क्याम्पस व्यवस्थापन/ संचालनको ‘साँचो’ हात पार्न दलहरू पनि आन्तरिक छलफलमा समेत लागेका छन् । 

 

शनिवार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा गर्न लागेको क्याम्पस सभापछि हुने बन्द सत्रले क्याम्पस व्यवस्थापन/ संचालक समितिको नेतृत्व चुन्ने छ । ‘सहमति भए मिलेर जाने नत्र मतदानको व्यवस्थापन खुल्लै छ’, क्याम्पस प्रमुख डा.भरत श्रेष्ठले रामेछाप टाइम्ससंग भने ।

 

कूल १ सय २२ जना सदस्य रहेको क्याम्पस व्यवस्थापनमा अध्यक्ष र एक महिला सदस्य सहित ६ जना निर्वाचित हुने छन् । 

 

त्यस्तै कार्यसमितिले एक महिला सहित चार जनालाई मनोनीत गर्ने व्यवस्था छ । र, वडा अध्यक्ष, क्याम्पस (स्ववियु) सभापति,  मन्थली माविका प्रमुख, नगर शिक्षा अधिकारी सहित अन्य ९ जना पदेन सदस्य रहने प्रावधान छ । 

 

हाल लामो समयदेखि रामचन्द्र घिमिरे (वियोगी) को अध्यक्षतामा रहेको व्यवस्थापन समितिले क्याम्पसको व्यवस्थापन/ संचालनको काम गर्दै आएको छ । 

 

अधिवेशन लागेसँगै क्याम्पस समितिले सहायक क्याम्पस प्रमुख रिता दाहालको संयोजकत्वमा शिक्षक बद्री प्रसाद अधिकारी र नाराद् कुमार थापा सदस्यीय रहेको निर्वाचन समिति समेत गठन गरिएको डा.श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै नेकपा माओवादी केन्द्र मन्थली नगरकमिटीका एक नेताले गठबन्धन गरेर जानेकी कसरी जाने भन्ने बारेमा छलफल हुँदै छ । सहमति नभएमा चुनाव निश्चित रहेको रामेछाप टाइम्सलाई बताए । 

रामेछाप टाइम्स
| बैशाख २४, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));