काँग्रेस रामेछापले माघ २५ गते पकरवासमा राजनारायणको ‘शोक सभा’ गर्ने

| माघ १६, २०८० मंगलबार

स्वर्गीय राजनारायण श्रेष्ठ, तस्बिर फाइल ।
A A A
A A A

१६ माघ, रामेछाप । नेपाली काँग्रेस रामेछापले आउँदो माघ २५ गते बिहीबार खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासमा स्वर्गीय राजनारायण श्रेष्ठको ‘शोक सभा’ गर्ने भएको छ । 

 

सोही ठाउँका स्थानीय, युवा समाजसेवी एवं पार्टीका एक निष्ठवान नेता श्रेष्ठ दिवंगत भएको ४५ औँ दिनको पुण्य तिथिको अवसर पारेर बिहीबार ‘शोक सभा’ गर्न लागेको पार्टी सचिव दीपक खड्काले पत्र मार्फत जानकारी दिए । 

 

नेपाली काँग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिका सभापति समेत रहेका श्रेष्ठको गएको पसु ९ गते राति हृदय घातबाट अल्पायुमै निधन भएको थियो । 

 

उक्त शोक सभामा पार्टीका ६४ वटै वडाका सभापति, जिल्ला कार्यसमितिका सदस्य, निवर्तमान र पूर्व पदाधिकारी, निवर्तमान र पूर्व महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित नगर प्रमुख, उप–प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरूलाई समेत डाकिएको छ ।