खाँडादेवी गाउँपालिकामा आज शोक बिदा

| माघ १७, २०८० बुधबार

फाइल फोटो ।
A A A
A A A

१७ माघ, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आज बुधवार शोक बिदा दिएको छ । साथै मृतक प्रति श्रद्धाञ्जली दिँदै शोक सन्तप्त परिवार प्रति समवेदना समेत व्यक्त गरेको छ । 

 

पालिकाको वडा नं २ मा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य सानो काजी बुढाथोकीले विष सेवन गरी आत्महत्या गरेपछि उनको निधनमा बुधवार शोक बिदा दिएको गाउँपालिकाले जनाएको छ । 

 

मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले बुधवार एक दिन गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरूबाट प्रदान गरिने सबै सेवाहरू बन्द गरेर ‘शोक बिदा’ दिने निर्णय गरेको पालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जारी गरेको पत्रमा उल्लेख छ । 

 

वडा सदस्य बुढाथोकीले विष सेवन गरी आइतबार आत्महत्या गरेका थिए । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार