आइक्यानले जाजरको भूकम्प राहत कोषमा ११ लाख बढी सहयोग गर्यो
१७ माघ, काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाले प्रधानमन्त्री राहत कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
जाजरकोट र रुकुमका भूकम्प पीडितको पिडामा केही मलहम लगाउन सकियोस् भन्ने उद्देश्यले संस्थागत रूपमा उक्त सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष सुजन कुमार काफ्ले बताए ।
सोमबार चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरिएको अध्यक्ष काफ्लेले बताए ।
यस अगाडि संस्थाले पीडितहरुलाई रकम प्रदान गर्ने निर्णय गरेको थियो ।